१२ फाल्गुन २०८२, मंगलवार

विश्वकप क्रिकेट अन्तरगत सुपर आठमा इङ्ग्ल्यान्डको विजयी सुरुवात

कोलोराडोखबर संवाददाता , February 23rd, 2026

नेपाल । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर आठमा दुई पटकको विजेता इङ्ग्ल्यान्डले विजयी सुरुवात गरेको छ ।

फिल साल्ट मात्र ब्याटिङमा चम्किएको खेलमा इङ्ग्ल्यान्डले सहआयोजक श्रीलङ्कालाई ५१ रनले सजिलै पराजित गर्यो । टी–२० मा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई लगातार १२ खेलमा हराएको हो ।

पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले नौ विकेटको क्षतिमा १४९ रनको सामान्य स्कोर तयार पारेको थियो । प्रारम्भिक ब्याट्सम्यान साल्टले ४० बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ६२ रन बनाउनुभयो । विल ज्याक्सले अन्तिम ओभरतिर तेज गतिमा २१ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । आफ्ना तीन प्रमुख बलरबिना खेलिरहेको श्रीलङ्काले नियमित रूपमा इङ्ग्ल्यान्डको विकेट लिएको थियो । स्पिनर डुनिथ वेलालागेले जोस बट्लर ९७ रन० र कप्तान ह्यारी बु्रक ९१४ रन० लाई आउट गरेपछि इङ्ग्ल्यान्डको पालि आधा बाटोमा चार विकेटको क्षतिमा ६८ रनको स्थितिमा थियो ।

श्रीलङ्काका बायाँहाते तेज बलर डिलसन मधुशङ्काले २५ रन र स्पिनर महेश थिकानाले २१ रनमा दुईरदुई विकेट लिनुभयो । वेलालागेले सर्वाधिक तीन विकेट लिनुभयो ।

श्रीलङ्का सामान्य स्कोर पछ्याउने क्रममा पनि फराकिलो अन्तरले हा¥यो । श्रीलङ्का जवाफमा १६।४ ओभरमा ९५ रनमै अलआउट भएको हो । तेज बलर जोफ्रा आर्चलले दोस्रो ओभरमै प्रारम्भिक ब्याट्सम्यान पाथुम निसन्कालाई आउट गरी इङ्ग्ल्यान्डलाई राम्रो सुरुवात दिलाउनुभएको थियो । निसन्काले पछिल्लो खेलमा अस्ट्रेलियाविरुद्ध शतक बनाउनुभएको थियो । त्यसपछि सुस्त विकेटमा इङ्ग्ल्यान्डका स्पिनरले दबाब बनाए । श्रीलङ्का छ ओभरको पावर प्लेमै मात्र ३४ रनमा पाँच विकेट गुमाएर दयनीय स्थितिमा पुगिसकेको थियो ।

श्रीलङ्काका लागि कप्तान डासुन सनाकाले सर्वाधिक ३० रन बनाउनुभयो । इङ्ग्ल्यान्डका स्पिनरले मिलेर सात विकेट लिएर इङ्ग्ल्यान्डको पालि धराशायी बनाए । अफ स्पिनर ज्याक्सले चार ओभरमा मात्र २२ रन खर्चेर तीन ब्याट्सम्यानलाई आउट गर्नुभयो । ज्याक्स अलराउन्ड प्रदर्शनपछि ‘म्यान अफ दी म्याच’ पनि चुनिनुभयो । अन्य दुई स्पिनर लियाम डसनल २७ रन र आदिल रसिदले १३ रनमा दुईरदुई विकेट लिनुभयो । आर्चरले पनि दुई विकेट लिएर इङ्ग्ल्यान्डको जितमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । अर्का तेज बलर जेमी ओभरटनले पनि एक विकेट लिनुभयो ।

यसैगरी सुपर आठको पहिलो खेल शनिबार राति वर्षाले रद्द भएको थियो । खेल हुन नसकेपछि पाकिस्तान र न्युजिल्यान्डले एकरएक अङ्क बाँडेका छन् । श्रीलङ्काको कोलम्बोस्थित प्रेमदासा रङ्गशालामा पाकिस्तानका कप्तान सलमान अली आगाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नुभएको थियो तर समूह दुई अन्तर्गत रहेको यो खेलमा एक बल पनि नफालिँदै रद्द भयो । समूह दुईमा श्रीलङ्का र इङ्ग्ल्यान्ड पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्