१० फाल्गुन २०८२, आईतवार

कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्रमा मार्च १ मा होली खेलिने

कोलोराडोखबर संवाददाता , February 22nd, 2026

-नातिबाब भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपालीभाषी समुदायले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप, ऐक्यबद्धता र सद्भाब अभिबृद्धि गर्दै भावी पुस्तालाई संस्कृती सीकाउने उद्धेश्यले फागु पुर्णिमाको अवसरमा होली खेल्ने भएका छन् ।

नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा आगामी मार्च १ तारिक आइतबारका दिन दिउसो १ बजे देखी ४ बजे सम्म नेपाली सांस्कृतीक केन्द्र नेपाली घरमा होली खेल्ने कार्यक्रम रहेको नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् ।

कोलोराडो स्थित सबै संस्थाका प्रतिधिनि, गन्यमान्य, बुद्धीजिवी, ब्यवसायी, पत्रकार, नेपालीभाषी बुबा आमा, दाजुभाई, दिदी बहिनी तथा नेपाल र नेपाली संस्कृती प्रती आस्था र चासो राख्ने स्थानीय सबैलाई स— परिवार कार्यक्रममा उपस्थित भई होली खेल्ने कार्यक्रममा सहभागी भईदिनुहुन संस्थाका वरिष्ठ उपाध्यक्ष गंगा चौलागाइले अनुरोध गरेका छन् ।

एक आपसमा रंगदली भलाकुसारी गर्दै होलीखेली नेपाली धर्म संस्कृतीको पहिचाहन गराउने कार्यक्रमलाई भब्यताका साथ सम्पन्न पार्न सबैले यथासक्य प्रचार प्रसार गरी सहयोग गरिदिनु हुन नेपाली घरका महासचिव भोला कटुवालले सबैलाई अनुरोध गरेका छन् ।

यसैगरी सहभागीहरुलाई थप मनोरञ्जनको लागी डिजे मणीको सांगितीक प्रश्तुती रहने, प्रसाद स्वरुप जेरी स्वारी बितरण गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यसैगरी इच्छुक सहभागीलाई नेपाली घरको लोगो अंकित सेतो टिसर्ट सहयोग स्वरुप १० डलरमा कार्यक्रम स्थलमा खरीद गर्न पाउने सुबिधा समेत भएको उपाध्यक्ष चौलागाइले बताएका छन् ।

असत्य माथी सत्यको र अधर्म माथी धर्मको विजय प्रतिकको रुपमा मनाईने होली नेपालमा फाल्गुण शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धिबैठक अगाडी रङ्गी चङ्गी पारेर सिंगारी गाडीएको चिरमा आजापुजा गरेपछि बिधीबत् रुपमा सुरु भएको मानिन्छ ।

नेपालको पाहाडी क्षेत्रमा फागु पुर्णिमाको दिन र मधेसमा त्यसको भोलीपल्ट होली खेल्ने चलन रहेको छ । होली नेपाल संगै भारत, पाकिस्थान, जापान, थाईल्याण्ड, अष्टेलिया, ईङल्याण्ड, अमेरिका लगाएतका देशहरुमा भब्यताका साथ मनाईन्छ । तर परदेशमा होलीकै दिन बिदा नपर्ने हुनाले होली अगाडी वा पछाडीको सनीबार आईतबार पारेर मनाउने चलन रहेको छ ।

दैत्यराज हिरण्यकश्यपुले बिष्णुका भक्त आफ्ना पुत्र प्रलादलाई मार्ने उद्धेश्यले ब्रंमाबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलीकालाई प्रलादका साथ दन्किरहेको आगोमा बस्न लगाउंदा आगोले होलीका आफै भष्म भइन । बिष्णु भक्त प्रलादलाई केही नभएकले त्यही समय देखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खोल्ने चलन चलेको हिन्दुधर्म सास्त्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी द्धापर यूगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्धारा पठाईएकी राक्षसनी पुतनाले आफ्नो स्तनमा बिष लगाएर कृष्णलाई दुध चुसाउंदा कृष्ण मर्नुको सट्टा पुतना आफै मरेकोले त्यस खुसीको उपलक्ष्यमा बज्रबासीले फागु मनाउन थालेको जनश्रुती रहेको छ ।

यि र यस्ता असंख्य जनश्रुती, हिन्दु संस्कृती तथा परम्परा अगाल्दै आएको हाम्रो नेपाली चलन अनुसार असत्य माथी सत्यको विजय स्वरुप भएको खुसियालीमा यो पर्व मनाईने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्