नेपाल । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मिडिया र निर्वाचन आयोग एउटा सिक्काका दुई पाटा भएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशले विराटनगरमा शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
२०७९ सालमा तत्कालीन सरकारले स्थानीय निर्वाचनको मिति पछाडि सार्न खोज्दाखोज्दै मिडियाको बलमा फागुन २१ गते तोकिएको समयमा नै सम्पन्न भएको बताउँदै उहाँले मिडिया र सञ्चारजगतले आवधिक निर्वाचन गराउन आयोगलाई ऊर्जा प्रदान गरेको उल्लेख गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त भण्डारीले भदौ २७ गते राष्ट्रपतिले निर्वाचनको घोषणा गरेपछि मिडियाले नै चुनावका पक्षमा सकारात्मक वातावरण बनाइदिएको धारणा राख्नुभयो ।
निर्वाचन सफल बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले यो पटक चुनावका विपक्षमा मिडियाले एउटा पनि नकारात्मक समाचार नलेखेर महत्वपूर्ण सहयोग गरेको बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्