नेपाल । दाङको तुलसीपुरमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
झण्डा जलाएको भिडियो सार्वजनकि भएपछि अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेका तुलसीपुरको कालाखोला बस्ने वर्ष ५५ का बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको र यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बिहीबार रास्वपा सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भीडमा केही अपरिचित व्यक्तिहरूले झण्डा जलाएका थिए ।
निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्