९ फाल्गुन २०८२, शनिबार

चालु आव २०८२-८३ को सात महिनामा आयात निर्यात दुवै बढ्यो

कोलोराडोखबर संवाददाता , February 21st, 2026

नेपाल । मुलुक निर्वाचनमा गएको बेला वैदेशिक व्यापार भने बढेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को सात महिनामा आयातनिर्यात दुवै बढेको हो ।

चालु आवको साउनदेखि माघसम्म निर्यात ३२.१९ प्रतिशतले बढेर एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख २४ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपियाँ निर्यात भएको थियो ।

सात महिनामा आयात १३.६५ प्रतिशतले बढेर ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख १३ हजार रुपियाँ बराबरको निर्यात भएको छ । गत वर्ष सो अवधिमा नौ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपियाँ बराबरको निर्यात भएको थियो । आयातको तुलनामा निर्यात कम हुँदा व्यापार घाटा १०.९१ प्रतिशतले बढेर नौ खर्ब ५५ अर्ब ३४ करोड ३८ लाख रुपियाँ रहेको छ । गत वर्ष सो अवधिमा आठ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख ७१ हजार रुपियाँ व्यापार घाटा भएको थियो ।

सात महिनामा कुल वैदेशिक व्यापार १५.७६ प्रतिशत १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख रुपियाँ बराबरको भएको छ । सात महिनामा एक खर्ब ८० अर्ब ७४ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ, जसमा ६९ अर्ब ९१ करोड रुपियाँ बराबरको डिजेल आयात भएको छ ।

यस्तै ३८ अर्ब १३ करोड रुपियाँ बराबरको पेट्रोल र ३१ अर्ब ८५ करोड रुपियाँ बराबरको ग्यास आयात भएको छ । त्यसै गरी ७० अर्ब ९९ करोड रुपियाँ बराबरको भटमास, ७७ अर्ब ८५ करोड रुपियाँको आइरन र स्टिल आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्