९ फाल्गुन २०८२, शनिबार

‘मिस इको इन्टरनेसनल २०२६’ मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्ने

कोलोराडोखबर संवाददाता , February 21st, 2026

नेपाल । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२६’ मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्नु हुने छ ।

ग्रिन आर्ट मिडियाले सिजेललाई ‘मिस इको इन्टरनेसनल नेपाल २०२६’ को ताज पहि¥याउँदै उक्त प्रतियोगिताका लागि आधिकारिक प्रतिनिधि चयन गरेको हो ।

सेजललाई गत वर्षकी (मिस इको इन्टरनेसनल नेपाल २०२५) विजेता संस्कृति भट्टले ‘मिस इको इन्टरनेसनल २०२६’ को ताज पहिर्याउनुभएको थियो । उक्त ताज प्राप्त गरेपछि सेजलले यसलाई आफ्नो जीवनको एक महत्वपूर्ण अवसर भएको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक संस्कृति र पर्यटकीय स्थलको विश्वमाझ प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाउनुभयो ।

आगामी अप्रिलमा इजिप्टमा आयोजना हुने प्रतियोगितामा ७५ भन्दा बढी देशका ‘इको सुन्दरी’ हरूको सहभागिता रहने छ, जहाँ सेजल नेपालका तर्फबाट एक्लो प्रतिनिधिका रूपमा उभिँदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्