९ फाल्गुन २०८२, शनिबार

गीत: क्रान्तिकारी भाषण गरेरमात्रै क्रान्तिकारी भइँदैन…

कोलोराडोखबर संवाददाता , February 21st, 2026

-आर. आर. चौलागाईं-
क्रान्तिकारी भाषण गरेरमात्रै क्रान्तिकारी भइँदैन
क्रान्तिकारी गीत गाएरमात्रै क्रान्तिकारी भइँदैन ।

क्रान्तिकारी हुन त काम पनि त्यस्तै हुनुपर्छ
क्रान्तिकारी हुन त परिणाम पनि त्यस्तै हुनुपर्छ
क्रान्तिकारी कविता लेखेरमात्रै क्रान्तिकारी भइँदैन
क्रान्तिकारी चिन्ह बोकेरमात्रै क्रान्तिकारी भइँदैन ।

क्रान्तिकारी हुन त विकृतिसँग लड्ने साहस हुनुपर्छ
क्रान्तिकारी हुन त नयाँ नेपाल बनाउने आँट हुनुपर्छ
क्रान्तिकारी बाजा बजाएरमात्रै क्रान्तिकारी भइँदैन
क्रान्तिकारी रङ लगाएरमात्रै क्रान्तिकारी भइँदैन ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्