६ फाल्गुन २०८२, बुधबार

निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक नगर्न सञ्चार माध्यमहरूलाई आग्रह

कोलोराडोखबर संवाददाता , February 18th, 2026

नेपाल । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरूलाई आग्रह गरेका छन् ।

मंगलवार काठमाडौँमा आयोजित मतदाता शिक्षा एवं निर्वाचन प्रचार प्रसारका लागि सामाजिक सञ्जालका लोकप्रिय संघ, संस्था एवं कलाकारहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले त्यसतर्फ सञ्चार माध्यमहरूलाई सचेत गराएका हुन् ।

मतदातको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउने उम्मेदवारहरूलाई हतोत्साही बनाई प्रतिष्पर्धाको वातावरणलाई खलल पुर्‍याउने भएकाले निर्वाचन अघि नै मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम गर्न नहुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ ।

उनले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भिर बन्न पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्