६ फाल्गुन २०८२, बुधबार

आईसीसी टी-२० विश्वकपमा ३ खेल हारेको नेपाल चौथो खेलमा विजयी

कोलोराडोखबर संवाददाता , February 18th, 2026

नेपाल । आईसीसी टी–२० विश्वकप अन्तरगत मंगलबारको खेलमामा नेपालले सान्त्वना जित हात पारेको छ ।

लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले चौथो खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको हो ।

यो खेलअगावै दुवै टिम समूह चरणबाट बाहिरिसकेका थिए । यसअघि इंग्ल्यान्ड‚ इटली र वेस्ट इन्डिजसँग नेपाल पराजित भएको थियो ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रन बनायो।

बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट लिए । त्यस्तै रोहित पौडेल र कुशल भुर्तेलले समान एकरएक विकेट झारे ।

नेपालले ४ बल बाँकी छँदै स्कटल्यान्डले दिएको लक्ष्य पूरा गरेको हो ।

आसिफ सेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए । भुर्तेलले ४३ र आसिफले ३३ रन जोडे । दीपेन्द्रसिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै अविजित ५० रनको योगदान गरे ।

प्रतिक्रिया दिनुहोस्