नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा भोट दिन्छु भनेमा त्यो कांग्रेस रहेको बताएका छन् । सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशनमार्फत काँग्रेस बदलिएर नयाँ नेतृत्वका साथ आएकाले अहिले सबैभन्दा नयाँ पार्टी भएको बताएका हुन् ।
उनले अबको देश युवाहरूको काँधमा रहेको र युवाहरूलाई देखेको पछि खुशी लागेको बताए । उनले युवाहरूले नै यो देश हाँक्ने भएकाले सक्रिय सहभागिता हुनुपर्ने बताए ।
थापाले अहिले मधेसको जग बलियो बनाउन शिक्षा जरुरी रहेको तर त्यसअघि भोटमार्फत युवाहरूले जिताउनु पर्ने बताए ।
उनले कांग्रेस पार्टीसँग देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले सर्लाही मात्रै होइन, देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्