२ फाल्गुन २०८२, शनिबार

अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको कविता संग्रह ‘विम्ब’ विमोचन

कोलोराडोखबर संवाददाता , February 14th, 2026

नेपाल । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको कविता संग्रह ‘विम्ब’ विमोचन गरिएको छ।

प्राडा सनतकुमार वस्ती, रामबाबु सुवेदी, अश्विनी कोइराला र राजकुमार श्रेष्ठले संयुक्त रूपमा उक्त कृति बिमोचन गर्नु भएको हो ।

अमेरिकाबाट लेखक सर्वज्ञ वाग्लेले पठाउनुभएको सन्देश अश्विनी कोइरालाले वाचन गरेर सुनाउनुभएको थियो ।

विदेशी भूमिमा समय र परिस्थितिका चुनौतीबीच पनि निरन्तर लेखनमा समर्पित रहँदै प्रकाशित ‘विम्ब’ केवल पुस्तक मात्र नभई संघर्षको प्रतिबिम्ब भएको उहाँको भनाइ छ । पारिवारिक शोकका कारण कार्यक्रममा उपस्थित हुन नसकेकोमा उहाँले क्षमायाचनासमेत गर्नुभएको थियो ।

वाग्लेका यसअघि ‘जुवाघर’, ‘साँढे’ (हास्यव्यंग्य निबन्ध संग्रह), ‘क्यासिनो’, ‘युधिष्ठिर’ (कथासंग्रह), ‘पुनर्वास’ (उपन्यास( र ‘नेता बन छोरा नेता बन’ लगायत कृतिहरू प्रकाशित भइसकेका छन् । ‘विम्ब’ उहाँको पहिलो कविता संग्रह हो।

प्रतिक्रिया दिनुहोस्