२८ माघ २०८२, बुधबार

टी-२० विश्वकपः युएईमाथि न्युजिल्यान्डको सानदार जित

कोलोराडोखबर संवाददाता , February 11th, 2026

नेपाल । न्युजिल्यान्डले आइसिसी टी–२० विश्वकप क्रिकेटमा संयुक्त अरब इमिरेट्स ९युएई० माथि सानदार जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत चेन्नाईमा मङ्गलबार भएको खेलमा न्युजिल्यान्डले युएईलाई १० विकेटले हरायो ।

न्युजिल्यान्डको यो लगातार दोस्रो जित हो । जितसँगै न्युजिल्यान्ड चार अङ्क जोडेदै शीर्षस्थानमा छ । पहिलो खेल खेलेको युएईले हारबाट विश्वकपको सुरुवात गरेको छ । यस समूहमा पहिलो खेल जितेको दक्षिण अफ्रिकाले दुई अङ्क बनाएको छ ।

जितका लागि एक सय ७४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५।२ ओभरमा विना विकेटको क्षतिमा एक सय ७५ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

न्युजिल्यान्डका लागि टिम सेफर्टले अविजित ८९ र फिन अलेनले ८४ रन बनाउनुभयो । टिम र फिनको यो टी–२० विश्वकपकै ऐतिहासिक एक सय ७५ रनको कीर्तिमानी साझेदारी समेत हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७३ रनको योगफल बनाएको थियो । समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र युएई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्