नेपाल । कवि दीपक चौलागाईंको कवितासङ्ग्रह ‘हतारमा छन् यात्री’ लोकार्पण गरिएको छ ।
राजधानीमा मङ्गलबार आयोजित कार्यक्रममा प्राज्ञ तथा कवि श्रवण मुकारुङ, निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि छविरमण सिलवाल, कवि मणि लोहनी, कवि शकुन्तला जोशी र लेखक दीपक चौलागाईंले संयुक्त रूपमा कवितासङ्ग्रह लोकार्पण गर्नुभयो ।
प्राज्ञ मुकारुङले यस कवितासङ्ग्रहमा अध्यात्म र भौतिक दुवै दर्शनका अन्तरघुलित प्रतिविम्ब प्रयोग भएका छन् भन्नुभयो ।
छ खण्डमा विभक्त ३८ कविता सङ्गृहीत कृति सुनकोशी वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्