२८ माघ २०८२, बुधबार

नृपेन्द्रलाल श्रेष्ठलाई युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान

कोलोराडोखबर संवाददाता , February 10th, 2026

नेपाल । भारतको नयाँ दिल्लीस्थित भारतीय विद्यापीठ र सार्क जर्नालिस्ट फोरम इन्डिया चाप्टरले नेपालका नृपेन्द्रलाल श्रेष्ठलाई युगल किशोर शुक्ला

अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ । नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रेष्ठसँगै भारतका शशिभूषण कुमारलाई पनि सम्मानित गरिएको थियो ।

‘दक्षिण एसियाको शान्ति स्थापना र सहयोगमा पत्रकारिताको भूमिका’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा श्रेष्ठ सम्मानित हुनुभएको हो । सो सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, भुटान,लगायतका देशबाट आएका पत्रकारबिच छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्