२१ माघ २०८२, बुधबार

नयाँ संसद् भवन क्षेत्रभित्र जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सालिक स्थापना गरिने

कोलोराडोखबर संवाददाता , February 4th, 2026

नेपाल । सरकारले नयाँ संसद् भवन क्षेत्रभित्र जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा सालिक स्थापना गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस प्रयोजनका लागि सिंहदरवार परिसरको गुरुयोजनामा आवश्यक संशोधन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

निर्णयअनुसार निर्माणाधीन संसद् भवनको अगाडिको क्षेत्रलाई समेट्ने गरी स्मृतिसंरचना निर्माण गरिनेछ। यसले आन्दोलनका क्रममा भएको मानवीय क्षतिलाई औपचारिक रूपमा स्मरण गर्ने सरकारी नीति झल्काउने अपेक्षा गरिएको छ ।

यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीदको मान्यता प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्