१७ माघ २०८२, शनिबार

पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको छः सभापति थापा

कोलोराडोखबर संवाददाता , January 31st, 2026

नेपाल । कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग आफू निरन्तर संवादमा रहेको बताएका छन् ।

शुक्रबार धनुषा–४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन ।

सभापति थापाले अहिले नेताहरूबीच मतभेद नभएको भन्दै पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएका छन् ।

उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन देश चलाउने कार्यशैलीविरुद्ध भएको उल्लेख गर्दै अहिले कांग्रेस बद्लियर आएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्