१७ माघ २०८२, शनिबार

रास्वपाले उम्मेदवार खगेन्द्र सुनारसँग सोध्यो स्पष्टीकरण

कोलोराडोखबर संवाददाता , January 31st, 2026

नेपाल । विवादास्पद अभिव्यक्ति दिएका रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका खगेन्द्र सुनारसँग पार्टीले स्पष्टीकरण सोधेको छ ।

रास्वपाले उम्मेदवार सुनारलाई भविष्यमा अभिव्यक्ति र व्यवहारमा थप संयम र मर्यादा अपनाउन निर्देशन पनि दिएको छ ।

सुनारले पार्टीमा आबद्ध हुनुअघि दिएका केही अभिव्यक्तिका कारण समाजमा भ्रम र धार्मिक–सांस्कृतिक भावनामा ठेस पुगेको भन्दै उनले सार्वजनिक रूपमा क्षमायाचना गरिसकेको रास्वापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्