नेपाल । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा चुनावको सरगर्मी बढ्दै गएको छ । अहिले विभिन्न दल र उम्मेदवारहरुको चुनावी अभियान चलिरहेको छ ।
यसैक्रममा मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार महालक्ष्मी डीना उपाध्याय र क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामा (ब्लोन) ले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएका छन् ।
काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका दुबै क्षेत्रका उम्मेदवारको संयुक्त चुनाव अभियान सकेर अब दुबै उम्मेदवार आ–आफ्नो क्षेत्रमा केन्द्रित भएका छन् ।
हालका बागमति प्रदेशका मुख्यमन्त्री इन्द्रबदादुर बानियाँले विगतमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको चुनाव जितेका छन्, उनै बानियाँले २ पटक प्रदेशसभा सदस्यको चुनाव जितेर हाल मुख्यमन्त्री समेत रहेका छन् ।
प्रतिनिधि सभाको चुनावमा अरु काँग्रेसका उम्मेदवारले जीत हासिल गर्न नसकेको अवस्थामा अहिले पार्टीका नेता कार्यकर्ताहरु अहिले एकजुट भएर यो चुनावमा जीत हासिल गराउन लागि परेका छन् । विशेष महाधिवेशनमार्फत काँग्रेसमा नेतृत्व फेरिएको र गगन थापा सभापति निर्वाचित भई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा घोषणा भएको अवस्थामा नेता कार्यकर्ताहरुमा उत्साह भरिएको हो ।
अहिले मकवानपुरका नेता कार्यकर्ताहरुमा उत्साह छाएको छ, दुबै क्षेत्रमा काँग्रेसका उम्मेदवारहरुको जित हुने कुरामा आफू ढुक्क रहेको बकैया गाउँपालिकाका जनप्रतिनिधि पूर्वअध्यक्ष तथा नेपाली काँग्रेस मकवानपुर १ नम्बर क्षेत्रका क्षेत्रीय सभापति दामोदर खनालले बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्