नेपाल । नेपाल मुक्तक प्रतिष्ठानले मुक्तककारहरू उषा शेरचन र डा. रुपक श्रेष्ठलाई पुरस्कारको घोषणा गरेको छ ।
प्रतिष्ठानका अनुसार शेरचनलाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ र श्रेष्ठलाई ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको हो ।
पुरस्कारको राशि क्रमशः ५१ हजार र ३१ हजार रुपैयाँ रहेको छ ।
कवि साहित्यकार शेरचनका ‘अक्षरहरूका शिविरबाट’ र ‘त्रासदीका हिमनदी’ मुक्तकसंग्रहरूलगायत कथा, कविता र उपन्यास प्रकाशित छन् ।
श्रेष्ठका ‘पोख्तक’, ‘चौशूल’ र पोख्तकको अंग्रेजी अनुवाद मुक्तक कृतिसहित विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्