-आर. आर. चौलागाईं-
आमा ! म गएँ ल ?
बाबा ! म मरेँ ल ?
छोरो थिएँ म हजुरको फर्किनँ सकिनँ
छोरी थिएँ म हजुरको आउन सकिनँ
आमा ! मलाई माफ गर्नुहोला ल ?
बाबा ! मसँग नरिसाउनुहोला ल ?
बोल्न पाउनुपर्छ भन्दा मलाई गोली हानेर मारे
कुशासन हट्नुपर्छ भन्दा मलाई रगतपच्छे बनाए
आमा ! हत्याराहरूलाई नछोड्होला ल ?
बाबा ! आततायीहरूलाई भाग्न नदिनुहोला ल ?
सडकमै झरेको छ मेरो झोला टिपेर लानुहोला
सडकमै खसेको छ मेरो कलम जतनले राख्नुहोला
आमा ! मलाई सम्झेर धेरै नरुनुहोला ल ?
बाबा ! मेरो हत्याको बदला लिनुहोला ल ?
(२०८२ भदौ २३ र २४ गतेको जेन्जी विद्रोहमा मारिएका बालबालिका र युवाहरूको सम्झनामा)
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्