६ माघ २०८२, मंगलवार

बालेन शाह झापा ५ बाट चुनाव लड्ने पक्का, ओलीसँग रोचक भिडन्त !

कोलोराडोखबर संवाददाता , January 20th, 2026

नेपाल । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले झापा–५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् ।

सोमबार जनकपुरमा चुनावी सभाको क्रममा बालेनले त्यहीँ रविको हातबाट टिकट लिएका हुन् ।

आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन चुनावी मैदानमा होमिएका थिए ।

सोमबारनै जनकपुरमा रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गरेर बालेन मनोनयन दर्ताको लागि झापातर्फ लागेका छन् ।

अब उक्त क्षेत्रमा एमालेका अध्यक्ष केपी ओली र बालेनको भिडन्त रोचक हुने भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्