२६ पुष २०८२, शनिबार

सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन निम्तो गरेका छौंः गगन थापा

कोलोराडोखबर संवाददाता , January 9th, 2026

नेपाल । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीको नेतृत्व र नीति परिवर्तन गरी रूपान्तरणको प्रक्रिया आरम्भ गर्नुपर्ने बताएका छन् ।

बिहीबारको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि उनले केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गर्ने अपेक्षा रहेको बताउँदै त्यही कारण महाधिवेशन प्रतिनिधि बोलाइएको प्रस्ट पारे ।

उनले विशेष महाधिवेशनले पार्टीमा कुनै असर नपर्ने बताए । थापाले पार्टी विभाजनको बहस नगर्न आग्रह गरे । उनले पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले निर्देशन दिएकै कारण विशेष महाधिवेशन आह्वान गरिएको बताए । थाापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन निम्तो गरिएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्