२५ पुष २०८२, शुक्रबार

छविरमण सिलवालको नयाँ नियात्राकृति ‘अमेरिकाको घाम’ लोकार्पित

कोलोराडोखबर संवाददाता , January 9th, 2026

नेपाल । कवि नियात्राकार तथा समीक्षक छविरमण सिलवालको नयाँ नियात्राकृति ‘अमेरिकाको घाम’ लोकार्पित भएको छ ।

काठमाडौंमा बुधबार नियात्राकार सिलवालका साथै साहित्यकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, सुमन सौरभ, केशव पराजुली, नन्दु उप्रेती, मधु पाठक र प्रदीप सापकोटाले कृति सार्वजनिक गरे ।

साहित्यकार ‘रोदन’ले सिलवालले पाठकलाई आफूसँगै अमेरिकाको यात्रा गराउन सक्षम भएको उल्लेख गरे । प्रकाशन संस्था भुँडीपुराणका सञ्चालक पराजुलीले कृति मीठासपूर्ण भएकोले पाठकको माया पाउनेमा विश्वस्त रहेको बताए ।

करिब १० कृति प्रकाशित गरिसकेका सिलवालको यो दोस्रो नियात्रा कृति हो । यस कृतिभित्र १३ वटा नियात्रा समावेश छ ।

सार्वजनिक कृतिका बारेमा समालोचक कुमारी लामा भन्छिन्, “जीवनका हर क्षण उत्सवमय बनाउन खप्पिस सिलवाल ‘अमेरिकाको घाम’मार्फत् पाठकलाई रमरमिलो महसुस गराउन सफल देखिएका छन् ।”

यस कृतिको मूल्य २७५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्