कोलोराडो । अमेरिकन हार्ट मन्थको अवसर पारेर कोलोराडोको डेनभरमा विशेष रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
ब्लड डोनर्स अफ अमेरिका (बीडीए) का उपाध्यक्ष टीका पौडेलका अनुसार बीडीए, नेपाली घर तथा भाइटाल्यान्टको संयुक्त आयोजनामा आगामी शनिवार, फेब्रुअरी २८ का दिन रक्तदान कार्यक्रम सञ्चालन गरिने छ ।
कार्यक्रम बिहान १०:०० बजेदेखि दिउँसो १:१५ बजेसम्म डेनभरस्थित 717 YOSEMITE ST, DENVER, CO मा हुनेछ ।
आयोजक संस्थाहरूले रक्तदानजस्तो मानवीय कार्यमा सहभागिता जनाई समाजसेवामा योगदान दिन कोलोराडोवासी नेपाली तथा अन्य समुदायका सदस्यहरूलाई अपिल गरेका छन् ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्