अमेरिका । एनआरएन अभियन्ता तेज विनोदको नयाँ गीत “क्या राम्री हौ” अहिले टिकटक, फेसबुक लगायतका सामाजिक सन्जालमा चर्चामा छ । एक साता पहिले युट्युव मार्फत रिलिज भएको गीतमा टिकटकमा मात्रै २० हजार भन्दा बढी भिडियो बनेका छन् ।
लोक दोहोरी लयमा बनेको डान्सिङ प्याटर्नको गीत विशेष गरि युवा पुस्ताले बढी रुचाएका छन् । तेज विनोदको शब्द रहेको गीतमा चर्चित सर्जक शिब हमालको संगित रहेको छ भने युवा पुस्तामा चर्चित गायक डिप्लभ खाती र दीपिका बयम्बुले आवाज दिएका छन् । राजकुमार मगरले निर्देशन गरेको म्युजिक भिडियोमा सागर लम्साल बले, तेज विनोद, सुनिसा बजगाईँ, जानभी बस्नेर र ल्याङ्ग्री दादाको अभिनय रहेको छ ।
अमेरिकालाई कर्मथलो बनाएर बिगत एक दशक भन्दा बढी समय सफ्टवेर इन्जिनियरको रुपमा कार्यरत विनोदको यस अघि पनि “चर्को नबोल” शीर्षकको पञ्चे बाजाको गीत बजारमा आएको थियो । तेज विनोदका गीतहरु हाम्रो ट्युब नामक युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।
गीतको लिंकः

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्