-आर. आर. चौलागाईं-
तिम्रो जीवन निराश छैन हताश नहुनु
झुलुक्क आउने झुलुक्क जाने बतास नहुनु ।
नदी पनि बगिरहन्छ बाधा अड्चन भोगिरहन्छ
फूल पनि फुलिरहन्छ काँडाले उसलाई घोचिरहन्छ
दूबोजस्तै हुनु तिमी झारजस्तो हुँदै नहुनु
सतीसाल हुनु तिमी नर्कटजस्तो कहिल्यै नहुनु ।
हिमाल हेर त जस्तै परोस् हाँसीहाँसी उभिरहन्छ
कोइली पनि कुहुकुहु गर्दै उसको गीत गाइरहन्छ
दियोजस्तै बल्नु तिमी अँध्यारोसित लडिरहनु
माटोजस्तै हुनु तिमी बालुवाजस्तो कहिल्यै नहुनु ।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्