१० पुष २०८२, बिहीबार

विश्वभर विहीबार ‘क्रिसमस डे’ मनाइँदै

कोलोराडोखबर संवाददाता , December 25th, 2025

नेपाल । डिसेमबर २५ तारिखका दिन बिहीबार विश्वभर क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव मनाइँदै छ ।

‘क्रिसमस डे’ भनिने येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ ।ख्रीष्टमसका अवसरमा चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।

क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्