नेपाल । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाएका छन् ।
ईश्वर पोखरेलको समूहले शनिबार आयोजना गरेको छलफलमापछि उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रतिनिधि छनौट, बन्दसत्रदेखि निर्वाचनसम्म नै पार्टीका संरचनाको दुरुपयोग गर्ने काम भएको बताए ।
यसले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि प्रश्न चिन्ह खडा गरेको उनको भनाइ छ ।
उनले आगामी दिनमा यसको थप समीक्षा गर्ने पनि बताए । उनले लोकतान्त्रिक अभ्यासमा सहभागी भएपछि आएको परिणामलाई भने स्वीकार गर्ने बताए ।
एमाले अध्यक्ष केपी ओलीले ल्याएका राम्रा पक्षलाई समर्थन गर्ने र पक्षपातपूर्ण व्यवहार भएर प्रतिवाद गर्ने जानकारी दिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्