२६ मंसिर २०८२, शुक्रबार

सविन प्रियासनको कविता संग्रह सार्वजनिक

कोलोराडोखबर संवाददाता , December 12th, 2025

नेपाल । साहित्यकार तथा पत्रकार सविन प्रियासनको ‘केपी शर्मा ओली, समृद्धिका महानायक’ नामक कविता संग्रह सार्वजनिक भएको छ । पूर्ब प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गर्नुभयो ।

संग्रहमा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको राजनीतिक यात्रा, गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म उहाँले बनाउनुभएको योजनाहरू, गरेका कामहरू र मुलुकको समृद्धि तथा सुशासनका लागि चालिएका कदमहरू कवितामार्फत प्रस्तुत गरिएको छ। कविता संग्रहमा कुल ५४ वटा कविताहरू समावेश छन्।

प्रेस चौतारी नेपालले काठमाडौँमा सम्पादकसँग संवाद कार्यक्रममा बिहीबार सो संग्रह सार्वजनिक गरिएको हो । पत्रकार महासंघका केन्द्रीय सचिव, प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष तथा सामाजिक अभियन्ता रहिसकेका प्रियासन सक्रिय साहित्यकारका रूपमा परिचित छन् ।

यसै वर्ष उहाँले तीन वटा उपन्यास सार्वजनिक गर्नुभएको छ । हालसम्म उहाँका १३ उपन्यास, एक कथा संग्रह, एक सम्पादकीय संग्रह तथा थुप्रै गीतहरू प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्