नेपाल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हुँदैछ।
जसअनुसार समानुपातिक प्रणालीतर्फ सहभागी हुने दलहरुले मंसिर २३ गते दिउँसो ४ बजेसम्म निवेदन दिनुपर्नेछ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिने राजनीतिक दलको सूची मङ्सिर २४ गते प्रकाशित हुनेछ।
आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि दिउँसे ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा छ । यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने प्रावधान छ । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्