१६ मंसिर २०८२, मंगलवार

राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकीकरण, पाँच बुँदे सहमति

कोलोराडोखबर संवाददाता , December 1st, 2025

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकीकरण भएको छ ।

आइतवार दिउँसो काठमाडौंमा एक समारोहबीच दुई पार्टीबीच एकीकरण भएको हो । रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपाध्यक्ष डा. स्वर्णिम वाग्ले तथा विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियारले एकीकरण सहमति पत्रमा हस्ताक्षर गरे।

सहमति पत्रमा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै छोटो समयमै उल्लेखनीय संसदीय हैसियत बनाई सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्