११ मंसिर २०८२, बिहीबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्यो, अब शुक्रबार

कोलोराडोखबर संवाददाता , November 27th, 2025

नेपाल । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक फेरि सारेको छ । पटकपटक सर्दै आएको बैठक मंसिर ११ गतेका लागि तय भएको थियो ।

बिहीबारका लागि तय भएको बैठक पनि पुनः सरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तीमार्फत जनाएका छन् । अर्को बैठक शुक्रबार दिउँसो २ बजेसम्म बस्ने जनाइएको छ ।

कांग्रेसमा विशेष महाधिवेशनको माग गरेको गगन थापा पक्ष र तत्काल महाधिवेशन गर्न नहुने संस्थापन पक्षको अडानका कारण विवाद चर्किदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्