११ मंसिर २०८२, बिहीबार

नेपाली कम्युनिष्ट पार्टी जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता हुँदै

कोलोराडोखबर संवाददाता , November 27th, 2025

नेपाल । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्र श्रेष्ठ समूहबीच बिहीबार औपचारिक एकता घोषणा हुने भएको छ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे शुरु हुने कार्यक्रममा एकता घोषणा हुने भएको हो । समारोहमा नेकपा र जसपा समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने जसपाका केन्द्रीय सदस्य दुर्गा सुवेदीले बताए ।

शुरुमा अशोक राई नेतृत्वको जसपा पूरै नेकपामा जाने भएको थियो तर पटकपटक वार्तामा कुरा नमिलेपछि श्रेष्ठ समूह मात्र नेकपामा जान लागेको हो।

गत आइतबार जसपाबाट सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत ६ नेताहरू नेकपामा समाहित भइसकेका थिए । बिहीबार औपचारिक घोषणा हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्