-नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डको ८औं संस्करण आइतबार अमेरिकाको कोलोराडोमा कलाकर्मिहरूलाइ सम्मान तथा सांगितीक कार्यक्रमका साथ भब्यरूपमा सम्पन्न भएको छ ।
नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए , हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र PHILIP HARMONY ORCHESTRA BOULDER को संयुक्त आयोजनामा ८औं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम दर्शकहरूले खचाखच भरिएको बोल्डर थिएटरमा बिभिन्न सांगितीक कार्यक्रमका साथ कलाकर्मिहरूलाइ सम्मानगर्दै सम्पन्न भएको हो ।

फिल्म अवार्डमा झण्डै ५ दशक निरन्तर कलाक्षेत्रमा समर्पित विशिष्ठ कलाकार तथा चरित्र अभिनेता रामचन्द्र अधिकारीलाइ दीर्घसाधना सम्मान प्रदान गरिएको छ । यसैगरी समारोहमा अभियान श्री अवार्ड, स्मृती सम्मान, उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता र अभिनेतृसहित विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ ।
चलचित्र बिकासबोर्डका अध्यक्ष दिनेश डिसी र साहित्यकार पदम विश्वकर्मालाइ अभियानश्री अवार्डले सम्मान गरिएको छ । त्यस्तैगरी चलचित्र बिकास बोर्ड र नायिका स्वस्तिमा खड्कालाइ क्रमश: गिहिन्द्र धिमाल र रामकेशर बोगटी स्मृती सम्मानबाट सम्मानित गरिएको छ । अवार्ड समारोहमा चलचित्र पुर्णबहादुरको सारंगीका नायक बिजय बराललाइ जुरी अवार्ड प्रदान गरिने घोषणा गरिएको छ ।

यसैगरी NFS Felicitation Award Diaspora मा बस्नेहरूको लगानीमा बनेको दुइफिल्म डोरी र कर्मालाइ प्रदानगरिएको छ । त्यस्तै Diaspora मा निर्माण भएको चलचित्र तेलभिसा र त्यसका निर्देशक शंकर घिमीरे पनि सम्मानित भएका छन् ।
त्यस्तै फिल्म अफ दी इयर पुजार सार्की, डिरेक्टर अफ दी इयर पुजार सार्कीका डिरेक्टर दिनेश रावत, एक्टर अफ दी इयर पुजार सार्किकै प्रदिप खड्का र बोक्सीको घरबाट केकी अधिकारी, वेष्ट सपोटिङ रोल छक्का पञ्जा ५ का केदार घिमिरे, स्टार अफ Decade दिलिप रायमाझी, Debut Actor समिर भट्ट १२ गाउं, लण्डन टु पेरीसबाट गरिमा शर्मा र कमिङ अप स्टारबाट दिब्या रायमाझी चयन हुन सफल भएका छन् ।

यसैगरी समारोहमा वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, हास्य साम्राज्ञी बसुन्धरा भुषाल, चलचित्र बिकासबेर्डका अध्यक्ष दिनेश डिसी, आङ तेम्वा शेर्पा विशेष अतिथी सम्मान प्रदान गरि सम्मान गरिएको छ, भने सुनिल पाठक, गजेन्द्र कार्कि, कृष्ण सुनार, गौतमबुद्द महर्जन र IBC Independent Buyer Company लाई विशेष प्रशंसा सम्मान प्रदान गरिएको छ ।
मातृभुमी नेपाल र अमेरीकाको राष्ट्रियगान बजाएर शरूगरिएको कार्यक्रम प्रमुख अतिथी बोल्डर सिटीका मेयर Aaron Brockett र बिशेष अतिथी बोल्डर काउन्टि कमिस्नर Martha Loachamin लगायतका अतिथीहरूबाट संयूक्तरूपमा पानसमा बत्तिबालेर उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपालसहित अमेरीकामा रहेका र अमेरीका बाहिर रहेका नेपाली कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रमुख अतिथी बोल्डर सिटीका मेयर Aaron Brockett र बिशेष अतिथी बोल्डर काउन्टि कमिस्नर Martha Loachamin,अलस्टेट इन्सुरेन्सका शुनिल पाठक, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठले समारोहलाई सम्बोधन गर्दै कलाक्षेत्रका नक्षत्रहरूलाइ सम्मानगर्ने यस्तो गैरवमय कार्यक्रममा सहभागी हुनपाउदा ज्यादै खुसीलागेको भन्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गन्तब्य दिदै ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्ष तथा नायक नवराज श्रेष्ठले कार्यक्रम भब्यताका साथ सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई धन्यबाद दिएका थिए ।

‘नेपाली फिल्म भिलेज टु ग्लोबल’ भन्ने नारासहित फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले विगत २०१६ देखि आयोजना हुँदै आएको अवार्डले यसवर्ष पनि निरन्तरता पाएको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए ।
आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान गाउँदेखि विश्वबजारसम्मको नारा लिएर ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानको लागि सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको छ । अवार्डका अघिल्ला ७ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएका थिए ।

यस पटकको कार्यक्रम पनि भब्यताको साथ सफल भएको र दर्शकहरूको अपारमाया र सद्भावका कारण कार्यक्रम यसरी सफल बनाउन सकिएको तर कार्यक्रममा सहभागी हुनआउनु भएको झण्डै १ सय ५० भन्दा बढी महानुभावहरू सिट अभावका कारण फर्कनु परेकोमा क्षमाप्रार्थि रहेको आयोजक कमिटीले जनाएको छ ।
प्रखर बक्ताद्वय निशा पाठक र फिराेज तिमल्सेनाले कुशलता पूर्वक सञ्चालन गरेको कार्यक्रममा केदार घिमिरे, शम्भुजित बास्कोटा, कृष्णमुरारी ढुङ्गेल, माहादेब त्रीपाठी, मनोजराज सिवाकोटी लगायतका राष्ट्रिय कालाकार तथा स्थानीय कलाकारहरूले गीत, संगित, कला तथा नृत्य प्रश्तुतगरी श्रोता दर्शकको मनजित्न सफल भएका थिए ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्