नेपाल । पत्रकार दीपेन्द्र खनिया मृत अवस्थामा भेटिनुभएको छ ।
काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापागाउँमा उहाँ बस्दै आउनु भएको घरमा पत्रकार खनिया आइतबार मृत अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
घरको चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उहाँको शव भेटिएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक हुनुहुन्थ्यो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्