४ मंसिर २०८२, बिहीबार

यादव पन्तको १०१औँ जन्मजयन्तीमा विभिन्न क्षेत्रका चार साधकहरू सम्मानित

कोलोराडोखबर संवाददाता , November 20th, 2025

नेपाल । नेपाली अर्थ जगतका विद्वान व्यक्तित्व डा. यादवप्रसाद पन्तको १०१औँ जन्मजयन्तीको अवसर पारेर डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानले विभिन्न क्षेत्रका चार साधकहरूलाई अभिनन्दन एवम् सम्मानित गरेको छ ।

मंगलबार डिल्लीबजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता शताब्दी पुरुष कृष्णप्रसाद भण्डारीले प्राडा पार्थिवेश्वर तिमिल्सिनालाई शिक्षा तथा आर्थिक क्षेत्रमा विशेष योगदान दिएबापत अभिनन्दन गरे ।

प्रमुख अतिथि भण्डारीले संखुवासभास्थित ‘सिद्धकाली महिला सशक्तीकरण गाउँ समितिलाई ‘श्रीमती रमादेवी पन्त सामाजिक सम्मान’ प्रदान गरे । उक्त सम्मान संस्थाकी प्रतिनिधि हेमकुमारी चौहानले ग्रहण गरिन् ।

त्यस्तै ‘डा. यादवप्रसाद पन्त पत्रकारिता सम्मान’ बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानलाई प्रदान गरियो ।

उक्त अवसरमा प्रतिष्ठानकी अध्यक्ष मीरा अर्ज्यालले प्रमुख अतिथि वरिष्ठ अधिवक्ता भण्डारीलाई विशेष सम्मानद्वारा सम्मानित गरिन् ।

कार्यक्रममा शैक्षिक शुल्कबापत पाल्ही क्याम्पस, परासीलाई रकम हस्तान्तरण गरियो । सोही अवसरमा ‘डा. यादवप्रसाद पन्तः सन्दर्भ र सार’ नामक पुस्तक पनि लोकार्पण गरियो ।

प्रतिक्रिया दिनुहोस्