नेपाल । सोमबार मध्य राति दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित घरमै रहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि सार्वजनिक शान्ति खलल पारेको कसुरमा प्रहरीले पक्राउ गरेको हो । हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएकाले उनलाई मध्यरातमा पक्राउ गरिएको बुझिएको छ ।
प्रसाईँलाई प्रहरीले भद्रकाली लगेको उनको सचिवालयले जानकारी दिएको छ ।
उनले मंसिर ७ देखि आन्दोलनको घोषणा गरेपश्चात प्रहरीले यसलाई गम्भीर रुपमा अनुसन्धान गरिरहेको थियो । यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईँ अदालतको आदेशपछि छुटेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्