अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गगर्नु भएको छ ।
उक्त अवसरमा महिला उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, अमेरिका क्षेत्रकी महिला संयोजक इन्दिरा त्रिपाठी तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको उपस्थिति रहेको थियो ।
अध्यक्ष डा. केसीले कार्कीको नेतृत्वमा शान्ति–सुरक्षा व्यवस्था अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै सफल र परिणाममुखी कार्यकालको शुभेच्छा व्यक्त गर्नुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्