२३ कार्तिक २०८२, आईतवार

रास्वपालाई वैचारिक धारको पार्टी बनाउनु पर्ने तोसिमा कार्कीको माग

कोलोराडोखबर संवाददाता , November 9th, 2025

नेपाल । रास्वपा केन्द्रीय सदस्य तोसिमा कार्कीले चितवनमा भएको पार्टी बैठकमा रास्वपालाई वैचारिक धारको पार्टी बनाउनु पर्ने माग धारणा राखेकी छिन् ।

उनले पार्टीलाई बु्झाएको लिखित मार्गचित्रमा हालसम्मको राजनीतिक परिदृश्यमा वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरण प्रबल रहेको देखिएको र तीमध्ये कम्युनिज्म, समाजवाद, सोसल डेमोक्रेसीको नारा भजाई गैरचरित्रबाट देशलाई ब्रम्हलुट भइरहेको यथार्थ रहेको बताएकी छिन् ।

उनले देशको आर्थिक समुन्नति, स्वास्थ्य, शिक्षा, रोजगारी तथा प्राविधिक क्रान्ति साथै सांस्कृतिक स्वाभिमानको एजेण्डा स्थापित हुन नसकेको र देशलाई वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणमा फस्न नदिई लोककल्याणकारी राज्यको अवधारणा स्थापित गर्न रास्वपाले आफूलाई स्पष्टसँग मध्यमार्गी राजनीतिक पार्टीका रूपमा नयाँ ध्रुवीकरणको नेतृत्व गर्नेगरी रास्वपा अघि बढ्नु पर्ने बताएकी छिन् ।

उनले महाधिवेशनका लागि सकारात्मक वातावरण निर्माण गर्न पार्टीको मौजुदा कार्यकारी नेतृत्व (पदाधिकारी) तथा सचिवालय भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्न सुझाब पनि दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्