-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाल सम्वत ११४६ को अवसरमा नेवाः खलः कोलोराडोले सिष्टर्स ग्रुप दिदीबहिनी समुह कोलोराडो र बरिष्ठ गायक तथा संगीतकार हिरण्य भोजपुरेलाइ पुरस्कृत गर्ने भएको छ । आगामी अक्टोवर २५ तारिक शनिबार नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजना गर्नलागेको न्हूदँया भिन्तुना कार्यक्रममा उक्त पुरस्कार बितरण गर्ने बताइएको छ ।
संस्थाले नेपाल सम्बत ११४६ को अवसर पारेर कोलोराडो नेवाः खलः नेपाल सम्वत प्रवर्तक शंखधर साख्वा नेपाल संम्वत ११४५ सिरपा (पुरस्कार) सिष्टर्स ग्रुप दिदीबहिनी समुह कोलोराडो र कोलोराडो नेवाः खलः शताब्दी पुरुष सत्यमोहन नेपाल सम्वत ११४५ सिरपा (पुरस्कार) हिरण्य भोजपुरेलाई प्रदान गर्न लागेको हो ।
प्रवासमा रहेका महिला दिदीबहिनिहरुलाई एक्लो भएको महसुस हुन नदिन, नेपाली भाषा संस्कृतीको संरक्षण तथा सम्बर्धन गर्दै पुस्तान्तरणको बतावरण सृजना गर्न र दिदी बहिनीहरू बिच सुखदुख साटासाट तथा सहयोग अदान प्रदानगर्ने उद्देश्य राखी २०१७ देखी संगठित भइ कामगर्दै आएको संस्थाले नेपाली भाषी समुदायमा सकारात्मक प्रभाव पार्न सकेको भन्दै दिदीबहिनी समुहलाइ कोलोराडो नेवाः खलः नेपाल संम्वत प्रवर्तक शंखधर साख्वा नेपाल संम्वत ११४५ सिरपाद्वारा पुरस्कृत गर्न लगिएको हो । त्यसैगरी हिरण्य भोजपुरेलाइ नेपाली समाज र नेपाल राष्ट्रकोलागी नेपाली गीत, संगीत, कला र साहित्यका माध्यमबाट पुर्याएको योगदानको उच्च कदर गर्दै कोलोराडो नेवाः खलः शताब्दी पुरुष सत्यमोहन नेपाल सम्वत ११४५ सिरपा ९पुरस्कार०द्वारा पुरस्कृत गर्न लागिएको नेवाः खलः कोलोराडोले अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन् ।
संस्थाले यस अघीनै कोलोराडो नेवाः खलः शताब्दीपुरूष सत्यमोहन सिरपा (पुरस्कार) अमेरिकाको कोलोराडोमा भाषा, साहित्य, कला, संगीत र संस्कृतिको जगेर्ना र विकासमा योगदान पुर्याएका व्यक्तित्वलाई र कोलोराडो नेवाः खलः नेपाल संम्वत प्रवर्तक शंखधर साख्वा सिरपा (पुरस्कार) अमेरिकाको कोलोराडोका स्थानीय नेपाली संघ, संस्थामध्ये उत्कृष्ट एकलाई खलःको तर्फबाट यो सम्मान गरिने घोषणा गरिसकेको थियो ।
शंखधर साख्वा सिरपा नेपाल स्थित राष्ट्रिय विभुती शंखधर साख्वा प्रतिष्ठान र शताब्दीपुरूष सत्यमोहन सिरपा लोक साहित्य परिषद संग आवद्ता भै प्रदानगर्न लागिएको हो । नेपाली भाषी समुदायलाइ सकारात्मक परिवर्तनगर्न अमुल्य योगदान पुर्याएको संस्था र ब्याक्तिलाइ पुरस्कार प्रदानगरी सम्मान गर्ने कार्यक्रमलाइ सफलताका साथ सम्पन्न पार्न सबैबाट साथ र सहयोग अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।
संस्थाले नेपाल सम्बत् ११४६ भिंतुना कार्यक्रम तथा साधारण सभा एकैदिन गर्ने बताएको छ । भिंतुना कार्यक्रम व्यवस्थापनको लागि उपाध्यक्ष मनोज काजी तुलाधर, रोशन महर्जन, रमिता तुलाधर, सुरेश श्रेष्ठ समूहलाई जिम्मा दिएको छ । त्यस्तै साधारण सभा सञ्चालन तथा व्यवस्थापनको लागि महासचिव सञ्जय शाक्य तथा सचिव नारायण प्रसाद दुवाललाई तोकेको छ ।
यसैगरी भिंतुना कार्यक्रमा इन्द्र जात्राका सहभागी कुमारी, गणेश, भैरव, लाखे, झ्यालिंचा, सांस्कृतिक कलाकार लगायत सम्पूर्ण स्वयंसेवकहरू तथा Platinum, Gold, Silver र Bronze Sponsor हरूलाई सम्मान गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्