नेपाल । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार शुरु हुँदैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापति शेरबहादुर देउवा पनि केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठ स्थित आफ्नै निवासमा कुटिएपछि बाहिर नदेखिएका देउवा बैठकमा सहभागी हुने भएका हुन् ।
मंगलबार नै पार्टीको विशेष महाधिवेशनका निम्ति हस्ताक्षरसहितको प्रस्ताव दर्ता हुँदैछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा देशभरबाट संकलित हस्ताक्षर ५१ प्रतिशत पुगेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्