नेपाल । नेपाली काँग्रेसले भदौ २४ गते भएको भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।
२३ गते मारिएका युवाको विषयमा भने आयोगले छानबिन गरी टुंगो लगाउनुपर्ने धारणा व्यक्त गरेको छ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो माग राखेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्नुपर्ने पक्षमा सबै नेताहरूले समान धारणा राखेको बताए । उनले जेनजीका आन्दोलनकारीलाई कारबाही नगर्ने गृहमन्त्री ओमप्रकाश अर्यालको अभिव्यक्तिप्रति आपत्ति जनाए ।
बैठकमा नेताहरूबीच अधिवेशन नियमित समयमा गर्ने कि नगर्ने विषयमा मतभेद रहेको महतले उल्लेख गरे बैठकमा केही नेताहरू बोल्न बाँकी रहेकाले फेरि शुक्रबार छलफल हुने बताए ।
प्रतिक्रिया दिनुहोस्