१७ आश्विन २०८२, शुक्रबार

एनआरएनए टोलीको सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग भेटघाट

कोलोराडोखबर संवाददाता , September 28th, 2025

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनुभएका जगदीश खरेललाई बधाई ज्ञापन गर्नुभएको छ ।

सो अवसरमा संविधान संशोधनमार्फत गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता, मताधिकारको सुनिश्चितता, लगानी सुरक्षाको प्रत्याभूति, शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटनलगायत क्षेत्रमा सीप र ज्ञान हस्तान्तरणका लागि नीतिगत व्यवस्था गर्न संघको तर्फबाट अध्यक्ष डा. केसीले अनुरोध गर्नुभयो ।

त्यस्तै, वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सामाजिक सुरक्षा र उनीहरूको सीप तथा पुँजीलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सहजीकरण गर्नुपर्ने संघको धारणा रहेको अध्यक्ष डा। केसीले बताउनुभयो ।

संघले ऐतिहासिक जेन–जी आन्दोलनपश्चात गठन भएको अन्तरिम सरकार सफल हुनेमा विश्वभरका गैरआवासीय नेपालीहरूलाई विश्वास रहेको उल्लेख गर्दै, मातृभूमिको समृद्धिका लागि सहकार्य गर्न संघ सदैव तत्पर रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

भेटमा संघका सल्लाहकार टिबी कार्की, पुर्व आइसीसि सदस्य सन्तोष भट्टराई, राष्ट्रिय समन्वय परिषद् इजरायलका पुर्व अध्यक्ष दिपक ओली, कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्