२६ भाद्र २०८२, बिहीबार

काठमाडौंमा कर्फ्यू खुकुलो बनाइँदै, बिहान र साँझ आवतजावत जावत गर्न पाइने

कोलोराडोखबर संवाददाता , September 11th, 2025

नेपाल । नेपालमा उत्पन्न पछिल्लो असहज परिस्थितिका कारण नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी राखेको छ । बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाले जनाएको छ ।

अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाइने समय तोकिएको नेपाली सेनाले जनाएको छ ।

बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु कायमै रहेको नेपाली सेनाले जनाएको छ ।

निषेधाज्ञा तथा कर्फ्युको समयमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न पाइनेछ ।

विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्नेसेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्