नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार रेमिट्यान्समा रमाइरहेको बताउनु भएको छ । उहाँले सरकार विदेशिने युवा शक्तिलाई देशभित्रै रोक्ने होइन रेमिट्यान्समा रमाइरहेको बताउनुभएको हो ।
शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले अध्यक्ष ओलीले अहिले रेमिट्यान्स बढेकामा सरकार खुशी भएको तर युवालाई विदेश जानबाट रोक्न नसकेको बताउनु भयो । ।
कोरोना महामारीजस्तै केही विश्वव्यापी समस्या आएमा रेमिट्यान्स प्रभावित हुने र देश अस्तव्यस्त हुने अध्यक्ष ओलीको कथन छ ।
सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीति मात्र गरेको टिप्पणी गर्नुभएको छ । सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्