२१ फाल्गुन २०८२, बिहीबार

सरकारी ठगीमा को दोषी को निर्दोषी ?, सबै थाहा हुन्छ, केही दिन कुरौंः गगन थापा

कोलोराडोखबर संवाददाता , August 30th, 2024

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा संसदीय समितिको फैसला नआइसकेको भन्दै प्रमाण खोई भनेर खोज्नेहरूलाई त्यतिञ्जेल कुरेर बस्न आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले उक्त कुरा बनाएका हुन् ।

मलाई त समितिमाथि पूरा विश्वास छ । माननीय सूर्य थापाले एकदम मेहनत गर्नुभएको छ । समितिमा भएका सबै साथीहरुमाथि विश्वास छ । बरु साथीहरु झुक्किनुभयो कि भन्ने लागेको छ मलाई । रास्वपाका सभापति रवि लामिछानेसहित सम्बन्धित व्यक्तिहरुको अहिले बयान भएको हो । सफाइ पाएको होइन । फैसला त आउनै बाँकी छ ।’

प्रतिक्रिया दिनुहोस्