३० फाल्गुन २०८२, शनिबार

गैरे र न्यौपाने संसदीय समितिको सभापति चयन

कोलोराडोखबर संवाददाता , August 16th, 2024

नेपाल । सभामुख देवराज घिमिरेले संघीय संसद्को संसदीय समितिका नवनिर्वाचित दुई जना सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुरप्रसाद गैरे र संसदीय सुनुवाइ समिति सभापति ईश्वरीदेवी न्यौपानेले शपथ लिएका हुन् ।

न्यौपाने नेपाली कांग्रेस र गैरे एमालेसांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्