नेपाल । संसद बैठकमा खेल्ने भूमिकाबारे छलफल गर्न मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । सो बैठकअघि बिहान साढे १० बजेका लागि रास्वपाको बैठक बस्न लागेको हो ।
प्रतिनिधिसभामा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
रास्वपाले संसदीय दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले जानकारी दिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्