६ आश्विन २०८३, मंगलवार

सत्ताबाट बाहिएपछि माओवादी केन्द्र जनतामा जाने तयारी

कोलोराडोखबर संवाददाता , August 10th, 2024

नेपाल । नेकपा माओवादी केन्द्रको शुक्रबारदेखि शुरु भएको स्थायी समिति बैठक शनिबार पनि छ ।

बैठकमा नेताहरूले वैचारिक, राजनीतिक र सांगठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्ने छन् ।

हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बंगलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए भने संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबीच भएको सहमतिबारे जानकारी गराएका थिए ।

संघ र सबै प्रदेशमा सत्ताबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्र जनतामा जाने तयारी गरिरहेको छ । त्यसैको तयारीस्वरूप माओवादीले स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्