३० फाल्गुन २०८२, शनिबार

जनप्रतिनिधिले निर्धारित समयमै सम्पत्ति विवरण सार्वजनिक गर्न काँग्रेसद्वारा निर्देशिका जारी

कोलोराडोखबर संवाददाता , August 9th, 2024

नेपाल । नेपाली कांग्रेसले जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका जारी गरेको छ ।

बिहीबार पार्टीको मुख्यालय बीपीनगर सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्देशिका प्रस्तुत गरेका हुन् ।

जनप्रतिनिधिको कार्यसम्पादन जनमुखी र थप प्रभावकारी बनाउने उद्देश्यले निर्देशिका ल्याइएको हो । २९ बुँदे निर्देशिकामा कानूनअनुसार अनिवार्य, नियमित र निर्धारित समयमै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्